मधेस प्रदेश : मिटरब्याज पीडितद्वारा आयोग र प्रहरी प्रशासनविरुद्ध प्रदर्शन

मिति: २०२३-०८-११ , समय : २१:४३:४३ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

जनकपुरधाम । मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि गठित आयोग र प्रहरी प्रशासनविरुद्ध शुक्रबार सिरहामा पीडितहरुले बृहत् जुलुस प्रदर्शन गरेका छन् ।

आयोग र प्रहरी प्रशासनले मिटरब्याज पीडितको पक्षमा वकालत गरेको भन्दै सिरहाका पीडितहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि गरिएको प्रदर्शनमा सयौं पीडित सहभागी थिए ।

मिटरब्याजसम्बन्धी कानून बने पनि पीडितले न्याय पाउने सम्भावना नभएको पीडितहरुले गुनासो गरेका छन् । मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको र मिलापत्रका लागि बोलाइने छलफलमा आउन अटेरी गर्दा पनि प्रहरीले पक्राउ गर्न नचाहेको आरोप पीडितहरुको छ ।

सिरहामा मात्रै मिटरब्याजसम्बन्धी हजारौं उजुरी परेको छ । तर, न्याय दिन ढिलाइ गर्दा पीडितहरु राजनीतिक दबाबका कारण झन पीडित बनिरहेका छन् ‌।

प्रकाशित मिति: २०२३-०८-११ , समय : २१:४३:४३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्