मधेस प्रदेश : घुस रकम सहित कार्यालय सहयोगी र ईन्जिनियर अख्तियारको फन्दामा

मिति: २०२३-०८-१३ , समय : १८:४३:१६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषा स्थित शहिदनगर नगरपालिकाका इन्जिनियर र कार्यालय सहयोगी सहित दुई जनालाई घुसको रकम सहित अख्तियारकाे टाेलिले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृत सहितको टोलीले विशेष सूचनाको आधारमा अख्तियारको टोलीले उक्त पालिकाका इन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनुभएको छ ।

नगरपालिकाको गोठकोयलपुर स्थित विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले १ लाख नगद र एक लाख ७५ हजार रकमको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२३-०८-१३ , समय : १८:४३:१६ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित