काेशि प्रदेश : सरकारी छाप र दस्तखत अकिर्ते मुद्दाका दोषी पक्राउ

मिति: २०२३-०८-२७ , समय : २०:३०:२१ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

उदयपुर ।
काेशि प्रदेशको उदयपुरमा सरकारी छाप र दस्तखत किर्ते गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गरेकाे अभियाेगमा सजाए पाएपछि फरार रहेका चौदण्डीगढी नगरपालिका– १० देवधार बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अनुसार पक्राउ परेका चौधरीले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा ०७५ असार १२ गते जिल्ला अदालतबाट ११ महिना कैद र ५० रुपैयाँ जरिवानाको सजाय पाएका थिए। ‘पक्राउ गरेर अदालतको फैसला कार्यान्वयनका लागि पठाएका छौँ,’ प्रनाउ चौधरीले भने।

अदालतबाट फैसला भएपछि फरार रहेका चौधरीलाई खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चौदण्डीगढी नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २०:३०:२१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित