मधेश प्रदेश : भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा एकजना पक्राउ

मिति: २०२३-०९-०३ , समय : १९:२७:३९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशकाे सर्लाही प्रहरीले एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

गत वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय सिकु कुमारको घाँटी काटी विभत्स रुपमा हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बिहान लालबन्दी बजारबाट भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २५ वर्षीय मनिष चौधरीलाई नियन्त्रणमा लिएको हो ।

यसअघि सोही ठाउँका २६ वर्षीय राजेश महतो सुढी समेत पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भइ मनमुटाव हुँदा सुढीले योजनावद्ध तरिकाले हत्या गर्न लगाएको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

हत्यामा संलग्न अन्य ३ जना भारतीय नागरिक अझै फरार छन् ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : १९:२७:३९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित