मधेस प्रदेश सहित चार वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

मिति: २०२३-०९-०४ , समय : ०८:१८:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । आज कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मनसुनी गतिविधिका कारण केही ठाउँमा दिउँसो पछि हल्कादेखि मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : ०८:१८:१८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित