सप्तरीको सुनरि खाेलामा निर्मम तरिकाबाट एक युवककाे हत्या

मिति: २०२३-०९-०८ , समय : २०:१०:३० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको कन्चनरुप नगरपालिका वडा न.९ स्थित सुनरि खाेलामा एक जनाकाे हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्लाकाे कन्चनरुप नगरपालिका वडा न.७ बलुवा घर भएका राम कुमार चौधरीका अन्दाजी २२ बर्षिय छाेरा राहुल चौधरीकाे निर्मम तरिकाबाट हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साे युवककाे निर्मम तरिकाबाट घाँटी थिचि हत्या गरिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ । हत्या कसले र किन गरेको खुल्न नसकेपछि घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यता साे युवककाे नदिमा घिसारेर निर्मम तरिकाले हत्या गरिएको अाशङ्का स्थानीयबासिहरुले गरेको छ ।

प्रकाशित मिति: २०२३-०९-०८ , समय : २०:१०:३० , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित