सिरहामा पत्रकार यादवमाथि सांघातिक आक्रमण , पत्रकारको कन्चटमा चोट

मिति: २०२३-०९-१४ , समय : १४:११:१८ , विनोद मण्डल

तस्बिर : सामाजिक सन्जालबाट

विनोद मण्डल

सिरहा । सिरहाको औरही गाँउपालिका वडा-५ औरहीमा टुडेखोज मिडिया प्रालिका अध्यक्ष तथा टुुडेखोज राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक सन्तोष यादवमाथि खुडा प्रहार भएको छ ।

स्थानिय युवाहरूले सामाजिक संजालमा गरेको पोस्टको विषयलाई लिएर बहस गरेको र सोही समूहमा रहेका केही युवाहरूले उनी माथि खुडा प्रहार गरेको थियो । खुडा प्रहारबाट उनलाई सामान्य चोट लागेको बुझिएको छ ।

यता औरही चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र चौधरीले तीन जना युवाहरूलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको बताउनु भएको छ ।

पछिल्लो समय समाचारका विषयलाई लिएर देशका विभिन्न भागहरुमा पत्रकारहरु माथि सांघातिक आक्रमण हुँदै आएको अवस्था रहेको छ ।

सिरहाको नवराजपुर गाउँपालिकामा पोखरी विवादको तस्बिर खिच्दै गरेको अवस्थामा केही दिन अगाडि पत्रकारहरु माथि भएको सांघातिक हमला सेलाउन नपाउँदै हुलाकी राजमार्ग अन्तर्गत रहेका औरही गाँउपालिका वडा नम्बर ५ औरही बजारमा
टुडेखोज अनलाईन तथा टुुडेखोज पत्रिकाका सम्पादक
सन्तोस यादवमाथि प्रहार हुनु दुखद घटना भएको मान्न सकिन्छ ।

प्रहारबाट पत्रकार यादवको कन्चटमा चोट लागेको अवस्था रहेको छ ।

स्थानिय विकास निर्माणलाई केन्द्रित गर्दै पत्रकार यादवले आफ्ना फेसबुक पेजमा स्टाटस लेखेर अपलोड गरेर राखेपछि उक्त विषयलाई लिएर उनी माथि हिजोदेखि विवाद चर्कदै गएर प्रहार गरिएको थियो ।

घटना स्थलमा इन्सपेक्टर सहितको टोली पुगेर घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०९-१४ , समय : १४:११:१८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित