कोसी प्रदेश : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
मिति: २०२३-०९-१६ , समय : १५:१८:५८ , गामघर डेस्क
मिति: २०२३-०९-१६ , समय : १५:१८:५८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोसी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेका थिए ।
कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रकाशित मिति: २०२३-०९-१६ , समय : १५:१८:५८ , 2 years अगाडि