मधेस प्रदेश : वीरगञ्जमा आज सद्भाव र्‍याली, आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति

मिति: २०२३-०९-२५ , समय : ०७:४४:०३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको पर्साकाे वीरगञ्जमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव र्‍याली निकाल्ने महानगरपालिकाले जनाएको छ ।

यसैबीच हिजो जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ । धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवम् सामुदायिक प्रकारको र्‍याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।

मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि आपसी सद्भाव कायम राख्न सबै पक्षले अनुरोध गर्दै आएका छन् ।

गएको बिहीवार मूर्ति विसर्जनको क्रममा दुई पक्षबीच झडप भएपछि मलङ्गवामा लगाइएको अनिश्चितकालीन कर्फ्यु कायमै छ ।

प्रकाशित मिति: २०२३-०९-२५ , समय : ०७:४४:०३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित