मधेस प्रदेश : हतियारसहित एक भारतीय युवक पक्राउ
मिति: २०२३-०९-२९ , समय : ०७:२८:०३ , गामघर डेस्क
मिति: २०२३-०९-२९ , समय : ०७:२८:०३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीबाट हातहतियारसहित एकजना भारतीय पक्राउ परेका छन् । पेस्तोलसहितका हतियारसहित पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको छोरा बर्ष २४ का बलबिन्द्र महतोको छन् ।
बीर.आर. ३० के ३४२९ नम्बरको मोटसाईकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिक्कीमा कटुवा पेस्तोल, एक राण्ड गोली, किल्ला उखेल्ने रड र पेचकस बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । सो मोटरसाइकलसंगै आइरहेको बी.आर. ५५ ए २७२५ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०२३-०९-२९ , समय : ०७:२८:०३ , 2 years अगाडि