मधेश प्रदेश : घाँटी काटेर हत्या गरेर फरार रहेको आरोपमा ६ वर्षपछि पक्राउ

मिति: २०२३-१०-०८ , समय : १८:४३:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा ।
मधेस प्रदेशको सिरहामा प्रहरीले घाँटी काटेर हत्या गरेको आरोपमा फरार रहेका एकजनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको मिचैर्या नगरपालिका वडा नं. १ का २७ वर्षीय नन्दा भन्ने उमेश उराव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नन्दालाई मिर्चैया १ स्थितबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सिरहा जिल्ला अदालतमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

२०७४ साल असोज २३ गते रातीको समयमा कर्जन्हा नगरपालिका १० बस्ने शशि भूषण प्रसाद साहलाई उनकै घरमा पूर्व रिसिईवीका कारण नन्दासहितका व्यक्तिले धारिलो हतियारले प्रहार गरी घाँटी काटी हत्या गरेका थिए ।

यस घटनामा संलग्न रहेका व्यक्तिहरुमध्ये सोमन भन्ने राम ईश्वर कापर केवटलाई २०७४ साल मंसिर ८ गते पक्राउ गरी सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

सिरहा जिल्ला अदालतको फैसलाले सोमन सर्वस्व सहित जन्म कैद फैसला भएको र अर्को व्यक्ति ईन्दल भन्ने रुपेश यादवलाई समेत जन्म कैद फैसला भएको तथा उनीहरु हाल कारागारमा रहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-१०-०८ , समय : १८:४३:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित