सप्तरीको महादेवा गाउपालिकामा निजी पोखरीमा गापाको लाखौ वजेट खर्च गरेको खुलासा
मिति: २०२३-१०-१३ , समय : १७:२८:०७ , गामघर डेस्क
मिति: २०२३-१०-१३ , समय : १७:२८:०७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिकामा निजी पोखरीमा गापाको लाखौ वजेट खर्च गरी अनियमितता तथा भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय ईटहरीमा उजुरी दर्ता भएको छ ।
२०८० साल भदौ १७ गते सीटी ०१६३९४ दर्ता नम्बर रहेको उजुरीकर्ताले बताउनु भएको थियो ।
गापाका महिला सदस्य कोरेशा खातुन र पति फिरयादले भ्रष्टाचारको पराकाष्ठा पार गर्दै निजी पोखरी निर्माण, पोखरीमा धेर वार,गेट निर्माण,नयाँ कबरिस्तानमा माटो पुर्ने,निजी बाटोमा माटो,ग्राभेल लगायतमा बजेट बिनयोजन गरि बजेटको दुरुपयोग तथा पद र पावरको दुरुपयोग गर्नुको साथै नैतिक भ्रष्टाचार गरेको स्थानियको आरोप छ।
विगत आ.व. २०७५/०७६ देखि हालसम्म विभिन्न योजनामा गरी करिब १४ लाख बरावरको रकम निजी प्रयोगको लागि प्रयोग गर्नको लागी काम गरि बजेटको दुरुपयोग तथा पद र पावरको दुरुपयोग गर्नुको साथै नैतिक भ्रष्टाचार गरेको छ।
आफै महिला सदस्य भएर आफ्नो निजी सम्पतिमा यसरी वजेट खर्चगर्नु के सरकारको वजेट जनताको हो कि जनप्रतिनिधिको पैतृक सम्पत्ति हो आम जनताको आरोप छन ।
प्रकाशित मिति: २०२३-१०-१३ , समय : १७:२८:०७ , 2 years अगाडि