सप्तरीमा रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टे नौटकी रिले अनशन स्थगित

मिति: २०२३-१०-१६ , समय : १८:०५:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको २४ घण्टे रिले अनशन नगरेर प्रचारबाजीको लागी केही ब्यक्तिले नौटंकीको रुपमा लिएको स्थानीयवासीले आरोप लगाएका छन । सो ठाउँमा केही समय भुईमा बसेर फोटो खिच्र नौटंकीको रुपमा आन्दोलनलाई मजाक गरी रहेको स्थानियको आरोप छन । आन्दोलन गरी रहेका पात्रलाई सो २४ धण्टे रिले अनशनमा भेटिन बक्ती खोज्नु पर्ने अवस्था रहेकोले आन्दोलनलाई मजाक नबनाउन स्थानिय बुद्घिजीवीको कथन रहेको छ । नौटकी वाज अनशनकारी २४ घण्टै रिले अनशनलाई निरन्तरता दिएको छैन ।
तसर्थ कथित संर्घष समितीको भ्रममा परेर समाचार प्रकाशन,प्रसारणमा ध्यान पुर्याउन स्थानियबासीले सञ्चार माध्यमलाई आग्रह गरेको छ । उनीहरुले यस रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको लागी सही आन्दोलनको पक्षपाती रहेको समेत बताएको छ ।

प्रकाशित मिति: २०२३-१०-१६ , समय : १८:०५:४९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित