सप्तरीको बोदे बरसाईनमा एकै स्थानमा दुई परियोजनाको काम, अमरेन्द्रले मित्रतामा लाखौंको अनियमितता गरेको खुलासा
मिति: २०२३-१०-२१ , समय : ०८:४३:४५ , गामघर डेस्क
मिति: २०२३-१०-२१ , समय : ०८:४३:४५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्बर–५ मा एकै स्थानमा दुई योजनाको काम गरि नगरपालिकाबाट बेग्लाबेग्लै रकम भुक्तानी बुझेर अनियमितता गरेको खुलासा भएको छ ।
नगरपालिकाले बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ को अनिल सिंहको घर देखी भोला साहको घर सम्म आरसीसी ढलान गर्न अाव २०७५/०७६ मा ४२ लाख ३० हजार ४ सय ५४ रुपैयाको योजना बनाएर डाक्नेश्वरी निर्माण सेवासंग सम्झौता गरेको थियो । महालेखा परिक्षणको प्रतिबेदन अनुसार डाक्नेश्वरी निर्माण सेवाले भुक्तानि पुरै लिए पनि काम अधुरा गरेको देखिन्छ । लेखा प्रतिबेदनमा लेखिएको छ ,एक पटक लागत अनुमान तयार गरी ठेक्का सम्झौता भईसकेका कार्यमा सोही स्थानमा थप माटो तथा ग्राईभेलको कार्य गर्न सोही आपुर्तिकर्तालाई कोटेसनबाट कार्य गराउनु उचित देखाएनन ।
एक पटक ठेक्का सम्झौता भई काम सुरु भईसकेका स्थानमा पुन : अमरेन्द्र निर्माण सेवालाई कोटेसनमा कामको सम्झौता गरेर सोही स्थानमा माटो ग्राईभेलको काम गरि अनियमितता गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
मित्रतामा लाखौंको अनियमितता…..
नगर प्रमुुख आतेश कुमार सिंह यादव र अमरेन्द्र निर्माण सेवाका संचालक अमरेन्द्र कुमार यादव दुवै मित्र हुन ।
डाक्नेश्वरी निर्माण सेवा संचालक विरेन्द्र यादब अमेरेन्द्र यादबको सोहदर काका हुन ,तर त्यो निर्माण सेवा पनि अमरेन्द्रले नै चलाउदै आएको छ ।
उनले बोदे बरसाईन नगरपालिकामा दुबै कम्पनीबाट लाखौ रुपैयाको काम गरेपनि उनिहरु निर्माण अधुरै राखेर भूक्तानि लिएको महालेखा प्रतिबेदनमा उल्लेख गरिएको छ ।
यी दुई कम्पनीले एउटै स्थानमा अलग अलग समयमा ढलान र माटो ग्राईभेलको काम गरेको थियो ।
अख्तियारको निगरानिमा अमरेन्द्र निर्माण सेवा…..
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै स्थानमा दुई परियोजनाको काम गरि भुक्तानि लिएको भन्दै डाक्नेश्वरी निर्माण सेवा र अमरेन्द्र निर्माण सेवालाई छानविनको दायरामा राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले २०७९ कार्तिक १६ गते बोदे बरसाईन नगरपालिकालाई पत्र लेख्दै एउटै स्थानमा डाक्नेश्वरी निर्माण सेवा र अमरेन्द्र निर्माण सेवाले दोहरो भुक्तानि लिईएको सम्पूर्ण कागज माग गरिएको छ ।
अख्तियारले पठाएको पत्रमा लेखिएको छ , मकसुनको घरदेखि विरेन्द्रको घर सम्म ढलान कार्यको सम्झौता डाक्नेश्वरी निर्माण सेवा संग गरिसकेपछि र निर्माण कार्य सुरु भईसकेपछि कामै नगरि सोही सडकमा अमेन्द्र निर्माण सेवालाई रकम मास्ने उदेश्यले ग्राइभेल गरेको बिल भूक्तानि गरि भ्रष्टाचार गरेको पाईएको उल्लेख गरिएको छ । रिपाेटर्स मधेशबाट
प्रकाशित मिति: २०२३-१०-२१ , समय : ०८:४३:४५ , 2 years अगाडि