सप्तरीमा माेटरसाइकल दुर्घटनामा एक युवकको मृत्युु
मिति: २०२३-१०-२१ , समय : १६:३१:४७ , गामघर डेस्क
मिति: २०२३-१०-२१ , समय : १६:३१:४७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा भएको माेटरसाइकल दुर्घटनामा परि एक जना युवाको मृत्युु भएको छ । मृत्यू हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका वडा न.१ का ३५ वर्षीय रेमन्त साह छन् ।
राजविराजबाट पश्चिमतर्फ गइरहेको स १०प ४७२ नम्बरको मोटरसाइकल शुक्रबार राति हुलाकी राजमार्गको सप्तरीकाे विष्णुपुर गाउँपालिका वडा न.–१ जमुनीमा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा साह घाइते भएका थिए । उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-१०-२१ , समय : १६:३१:४७ , 2 years अगाडि