तलब भत्ता नपाएको भन्दै विष्णुपुर गाउँपालिकाको कर्मचारी धर्नामा

मिति: २०२३-११-०१ , समय : १५:०२:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । मधेस प्रदेशको सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले आज बुधबार देखि काम काज ठप गरि धर्नामा बसेक छन।

श्रावण महिनादेखि तलब भत्ता नपाएको भन्दै विष्णुपुर गाउँपालिकाका कर्मचारी वडाका सचिवहरु, विद्यालयका प्रधानाध्यापकहरु संयुक्त रुपमा धर्नाम बसेका छन।

कर्मचारी संघर्ष समितिका संयोजक विष्णुपुर गाउँपालिकाका शिक्षा शाखाक प्रमुख दिप कुमार यादवको नेतृत्वमा विष्णुपुर गाउँपालिका -१ स्थित पालिका अध्यक्षको कार्यकक्षको अगाडि प्राङ्गणमा धर्ना बसेका छन।

प्रकाशित मिति: २०२३-११-०१ , समय : १५:०२:१३ , 2 years अगाडि