मधेस प्रदेश : ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्युु
मिति: २०२३-११-०३ , समय : १३:०२:४१ , गामघर डेस्क
मिति: २०२३-११-०३ , समय : १३:०२:४१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मधेस प्रदेशको सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको मृत्युु भएको छ ।
गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक हरिवन नगरपालिका–११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलकाे पछाडि बस्ने हरिवन–११ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
यता ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २०२३-११-०३ , समय : १३:०२:४१ , 2 years अगाडि