विगत एकहप्तादेखी वडा कार्यालयमा गरेको तालाबन्दीका कारणले सेवाग्राहीहरुकाे कामकाज प्रभावित
मिति: २०२३-११-०६ , समय : १३:४९:५८ , गामघर डेस्क
मिति: २०२३-११-०६ , समय : १३:४९:५८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयमा विगत एकहप्तादेखी स्थानीयले गरेको तालाबन्दीका कारण दैनिक कामकाज प्रभावित भएको छ । आयव्यय सार्वजनिक लगायतका विभिन्न ४ सुत्रीय माग राखी गत मंगलबारदेखि गरिएको तालाबन्दी साताे दिनसम्म पनि जारी रहँदा वडा कार्यालयबाट प्रदान हुँदै आएको सेवा पुर्ण रुपले प्रभावित भएको हो ।
तालाबन्दी तथा धर्ना कार्यक्रमले दैनिक क्रियाकलापमा समस्या आउँदा समेत वडा अध्यक्ष प्रमानन्द यादवले ताला खोल्न चासो नदिएको सेवाग्राहीहरुले गुनासो गरेका छन ।
आर्थिक बर्ष २०७९/०८० को आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको योजना सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्ना प्रक्रिया सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी गर्नुपर्ने लगायतका माग राखी स्थानीयले एकहप्तादेखी गरेको तालाबन्दी जारी रहेको छ ।
वडा अध्यक्ष प्रमानन्द यादवलाई ज्ञापनपत्रसहित पटकपटक माग सम्बोधनका लागि आग्रह गर्दा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहित कार्यालय अगाडि धर्ना बस्न बाध्य भएको संघर्ष समितिका अध्यक्ष राजेश कुमार राय ( राहुल) ले बताउनुभयो ।
उहाले माग सम्बोधन नभएसम्म तालाबन्दी तथा धर्ना कार्यक्रमलाई जारी राख्ने जानकारी दिनुभयो ।
यता साे सम्बन्धमा वडा अध्यक्ष यादवसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । वडा कार्यालयमा लामो समय तालाबन्दी हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।।
प्रकाशित मिति: २०२३-११-०६ , समय : १३:४९:५८ , 2 years अगाडि