सप्तरीमा अलपत्र रामराजा स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्न माग गर्दै सप्तरी युथ नेपालद्वारा राजविराजमा प्रदर्शन

मिति: २०२३-११-२७ , समय : १६:३५:५१ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

राजविराज । सप्तरी युथ नेपालद्वारा अलपत्र रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै साेमबार राजविराजमा प्रदर्शन गरिएको छ।

स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा प्रतिस्ठान निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम सुरज यादव, बसन्त यादवसहितकाले मन्तव्य राख्दै सरकारलाई अबिलम्ब प्रतिस्ठानको निर्माण शुरु गर्न आग्रह गर्नुभयो । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।

आन्दोलन अन्तर्गत मंगलबार सिटि जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष यादवले जानकारी दिनुभयो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

यता प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

प्रकाशित मिति: २०२३-११-२७ , समय : १६:३५:५१ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित