श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३ औं वाषिर्कोत्सव कार्यक्रम
मिति: २०२३-११-२८ , समय : १४:२०:३३ , उमेश कुमार साह
मिति: २०२३-११-२८ , समय : १४:२०:३३ , उमेश कुमार साह
उमेश कुमार साह
राजविराज ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मा रहेका श्री ५ महेन्द्र चुन्नि माध्यमिक विध्यालयले ७३ औँ वाषिर्कोत्सव मानएका छन् ।
शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै पढाईको लागि नमुनाको रुपमा चिनिने श्री ५ महेन्द्र चुन्नि माध्यमिक बिधालयले सफलतम ७३ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।
एक कार्यक्रमको बीच बिधालय ब्यवस्थापन समिति अध्यक्ष दिगम्बर प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थ मन्त्री माननीय संजय कुमार यादवले कार्यक्रममा बोल्दै ७३ औं वर्ष अगाडी आजकै दिन तत्कालीन राजा महेन्द्र बिरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए ।
बोदे बर्साईन क्षेत्रका समाजसेवी स्वर्गीय गुन्जेश्वर यादवले दान गरेको अमुल्य जग्गामा विद्यालय स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले समाजसेवी स्वर्गीय गुन्जेश्वर यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय यादवले अहिलेको जमनामा शिक्षा विना मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै अर्थ मन्त्री यादवले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए ।
कार्यक्रमको बिशिस्ठ अतिथि बोदे बर्साईन नगरपालिकाको कार्यवाहक नगर प्रमुख रेणु कुमारी साह , दाता परिवारका सदस्य अजय कुमार यादव , सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि किरण थापा , जिल्ला प्रहरी कार्यालय सप्तरी प्रमुख, अतिथिहरु नगर शिक्षा अधिकृत राम सागर यादव , वडा अध्यक्षहरु , प्रधनाध्यापक हेम किशोर यादव , लगायतले संस्थापक दाता स्वर्गीय गुन्जेश्वर यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा बिधालय व्यवस्थापन समितिका प्रतिनिधि , शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
शैक्षिक सुधारका लागि जिल्ला मा महत्वपुर्ण काम भएको छ ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख अतिथि यादवले बताए ।
त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समारोह कार्यक्रमलाई सम्बोधन गर्दै बोदे बर्साईन नगरपालिकाका कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहले विद्यालयलाई अझै नमुना वनाउने कुरामा वताउनुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख साहले भनिन लामो बर्ष देखि स्थापना भएको विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे ।
उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे । तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे भने
यस कार्यक्रमको सन्चालन स्थानीय राजा यादवले गरेको थियोे ।
प्रकाशित मिति: २०२३-११-२८ , समय : १४:२०:३३ , 2 years अगाडि