सप्तरीको शम्भुनाथ नगरपलिकामा बाल अधिकार सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन

मिति: २०२३-११-२९ , समय : २२:२८:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको शम्भुनाथ नगरपलिकामा बाल अधिकार सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री जनता माध्यमिक विद्यालय ,रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले सप्तरीको शम्भुनाथ नगरपलिका वडा न.१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन् ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल बिवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन । साथै ती असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई समेत बालबालिकाहरूले नाटकको माध्यमद्वारा त्यहाँ उपस्थित स्थानीय दर्शक तथा समुदाय समक्ष प्रस्तुत गर्दै बौद्धिक वर्ग, समाजसेवी, शिक्षक तथा सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराएका थिए ।

उक्त कार्यक्रममा मानव अधिकार समुहको अध्यक्ष पुल्कित भगत,समुहकी देबी माया भट्टराइ ,संरक्षक शिक्षक सुनिल कुमार चौधरी,शिक्षक अमरेन्द्र कुमार मण्डल, समुदाय का अगवा तथा सप्तरी जिल्ला सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियोे ।

उत्त टोलको कार्यक्रममा सहभागी बिना खगंले महिलामा हुने सबै खालको हिंसा प्रति नागरिक समाज सचेत हूने र कानुनले दिएको अधिकार बारे जानकार हुने बताए। सहभागी बिन्दा देवी मण्डलले यस्तो कार्यक्रम हुदा एक दिन अगावै जानकारी दिदा समुदायमा अरु सहभागी हुने थिए सुझाव दिनुको साथै प्रस्तुत सडक नाटकको प्रशंसा र सहभागी बालबालिका तथा समूहलाई धन्यवादसमेत दिनुभयो ।
उत्त कार्यक्रम पस्चात बालबालिकाहरूले आफ्नो र समुदायका बालबालिकाहरूलको अधिकार बारे बुझने र बुझाउन सक्ने छन संरक्षक शिक्षक सुनिल कुमार चौधरी आफ्नो धारना राख्नु भएको थियोे ।
यस्ता कार्यक्रमले मानब अधिकार, बाल अधिकार, महिला हिंसा,बिरूद्ध प्रति सामाजमा मानसिक र बैधिक बिकास हुने मानव अधिकार समुहकी उपाध्यक्ष देबी माया भट्टराईले भनाइ राख्नुभयो।
साे सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समुहका अध्यक्ष संतोषी कुमारी साह, रिटिका चौधरी, आकाश चौधरी, रूपेश चौधरी,काजल मण्डल, कृष्ण सरदार, प्रितिका चौधरी, स्वसतिका सरदार,संस्कृति चौधरी, पिंकी भगत, खुश्बू चौधरी, अमन चौधरी, दिपेन चौधरी, सरवन मण्डल, अदिति चौधरी लगायतहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२३-११-२९ , समय : २२:२८:१८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित