इन्डाेनेसियामा ज्वालामुखी विस्फाेट हुदा ११ जनाकाे मृत्युु

मिति: २०२३-१२-०४ , समय : १६:०९:४३ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

इन्डोनेसिया ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ । मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले जनाएको छ ।

याे घटनामा १२ जना हराइरहेका छन् । फेरि अर्को सानो विस्फोट भएकोले अहिले खोजी कार्य रोकिएको छ । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेकामा बाँकीको उद्धार गरिसकेको इन्डोनेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्डोनेसियामा रहेका एक सय २७ वटा सक्रिय ज्वालामुखीमध्ये मारापी पर्वतमा विस्फोट भएको हो । विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेकाे छ । एजेन्सी

प्रकाशित मिति: २०२३-१२-०४ , समय : १६:०९:४३ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित