मधेस प्रदेश : ट्रयाक्टर दुर्घटना हुँदा चालक पण्डितको मृत्यु

मिति: २०२४-०१-०४ , समय : ११:५५:४२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका ३ का २२ वर्षीय चालक रंजितकुमार पंडित छन् ।

उनी आफैंले चलाइरहेको ना २त ८५०८ नम्बरको सो ट्रयाक्टरट्रयाक्टर गढीमाई नगरपालिका ६ धर्मपुरमा वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो । मृतक ट्याक्टर साहु आफै हुन् ।

यता ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०१-०४ , समय : ११:५५:४२ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित